भूकम्प पीडित नेपालीको धान खेतमा जापानका चर्चित मुर्तीकारको कला

जापान । जापानी  चर्चित मुर्तीकार सेत्सु सुजुकीले नोलको धान खेतमा एक कला कार्यक्रम आयोजना गरेका छन् । सुजुकीले मध्य नेपालको भूकम्प प्रभावित हेटौडामा आफ्नो कला प्रस्तुत गरेका हुन् ।

उनले भूकम्प प्रभावित स्थानीयलाई पुनर्जागरण दिलाउनका लागि यो कार्यक्रमको आयोजना गरेका हुन् । उक्त कार्यक्रममा करिब तीन सय स्थानीय र कलाकारहरुको सहभागिता रहेको थियो ।

कलाकारहरुले धानको अंकुरा जस्तै आगृति बनाउनका लागि धान खेतमा ७ सय ढाँचा लगाएका थिए । सुजुकीले यो ढाँचाको निर्माण गरेका थिए जुन मानवीय भाव व्यक्त गरिरहेको देखिन्थ्यो ।

सन् २०१५ को अप्रिलमा आएको भूकम्पका कारण यस क्षेत्रको करिब आधा बढी घरहरु भत्कीएका छन् । स्थानीयले यस्तो कार्यक्रम आयोजना गरेकोमा सुजुकीलाई धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?