३ डिसेम्बरमा जापान तथा रुसका विदेशमन्त्री विच भेटवार्ता हुने

जापान । जापानका विदेशमन्त्री फुमियो किशिदा तथा रुसका समकक्षी सर्गेई लावरोफ विच डिसेम्बर ३ मा मस्कोमा भेटवार्ता हुने भएको छ ।

दुवै देशका समकक्षी विचको भेटवार्ता डिसेम्बर १५ र १६ मा राष्ट्रपति भ्लादिमिर पुटिन तथा जापानका प्रधानमन्त्री शिंजो आवे विच हुने भेटवार्ताको मुलआधारमा केन्द्रित हुने बताइएको छ ।

रुसकी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखरोफाले लावरोफ तथा किशिदा विच हुने भेटवार्ताको आधिकारीक घोषणा गरेकि थिइन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?