टीपीपी सम्झाैताकाे अनुमोदन प्रति आवेको जोड

जापान । जापानका प्रधानमन्त्री शिंजो आवेले अमेरिकाले यथाशक्य छिटो प्रशांत पार साझेदारी अर्थात टीपीपी सम्झौताबाट बाहिर निक्लने घोषणा गरे पनि यसकाे बाबजुद जापानी सांसदलाई शिघ्र रुपमा टीपीपी सम्झौतालाई अनुमोदन गराउन आह्वान गरेका छन् ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पदभार ग्रहण गर्नुभन्दा पहिला नै मुक्त व्यापार सम्झौता यानिकी टीपीपी सम्झौताबाट अमेरिकालाई बाहिर निकाल्ने घोषणा गरेका थिए ।

आवेले यदि जापानले मुक्त तथा निष्पक्ष आर्थिक गुटको रचना त्याग दिएमा मुक्त व्यापार बलियो नहुने बताएका छन् ।

आवेले अमेरिकी सरकार परिवर्तनको एक दिशामा दौडिरहेको तर सिङ्गो विश्व संरक्षणवाद प्रतिको चिन्तामा लागेको बताएका छन् ।
यसै क्रममा जापानले आफ्नो मनोवृति परिवर्तन गर्नु अनुचित भएको उनले बताए ।

साथै उनले जापानद्धारा विश्व समुदायलाई टीपीपी सम्झौतालाई छिट्टै अनुमोेदित गर्ने संकल्प लिएको प्रस्ट्याउनु पर्ने बताएका छन् ।

साथै प्रधानमन्त्री अावेले अमेरिकी सरकारसंग दृढतापूर्वक मुक्त व्यापार सम्झौतालाई महत्व दिन अपिल गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?