हिरोशिमाका मेयर, जस्ले सुनाए हृदय बिदारक पिडा, अनि भयो बिदेश मन्त्रीको मुड परिवर्तन

जापान । परमाणु बमको शिकार बनेको हिरोशिमा शहरका मेयरले जापान सरकारसँग परमाणु हतियारको प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसंघको अभिसन्धी कार्यान्वयनका लागि बिशेष भुमिका खेल्न सरकारसँग आग्रह गरेका छन् ।


गत अक्टोबरमा राष्ट्रसंघको महासभामा एक समितिले कानुनी रुपमा बाध्यकारी सन्धी ल्याएको थियो । जापानले उक्त सन्धीको बिपक्षमा मत जाहेर गरेको थियो । बिहीबार मात्र हिराशिमा महानगरका मेयर काजुमी मुत्सुइले बिदेश मन्त्री फुमिओ किशिदालाई भेटेर अनुरोध पत्र दिएका छन् ।

मात्सुई परमाणु हतियार समाप्तीको प्रयासमा रहेको शहरको अन्तर्राष्ट्रिय समितिका मेयर फर पीसका अध्यक्ष समेत हुन् । उनले भनेका छन् की जापानले यो सन्धीको बिरोध गर्नु खेद जनक छ ।

उनले आगामी भविष्यका लागि अणु बम खतरनाक भएको र मानव जीवनकै लागि घातक हुने भएकाले जापान यसको पक्षमा लाग्नु पर्छ ।

जवाफमा बिदेशमन्त्री किशिदाले परमाणु हतियार समाप्त गर्नका लागि परमाणु सम्पन्न देश र गैह परमाणु देशका बीच पहिले सम्झौता हुनुपर्ने बताएका छन् । उनले जापानले यी दुई पक्षका बीचमा सम्झौताका लागि भुमिका खेल्ने बताए ।

किशिदाले आगामी मार्च महिनाबाट सुरुहुने बिश्व बहसमा आफुले यो प्रस्ताव राख्ने पनि बताए । किशिदाले आफु अणु बमको प्भाव र असरका बारेमा जानकार भएकाले मेयले ल्याउको प्रस्तावलाई कारारात्मक रुपमा लिने र पीडा भुल्न बिश्व शान्तिका पक्षधर एक हुनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?