लागुपदार्थ दुर्व्यसनी र व्यापारमा आरोपित २२ जना जापानी गिरफ्तार

जापान । जापानको नागानो क्षेत्रमा लागूऔषध विरोधी अभियानकर्ताहरुले २२ जनालाई गिरफ्तार गरेका छन् । लागुपदार्थको खेतीपातीमा संलग्न भएको आरोपमा गिरफ्तार भएकाहरु ओमाची सहरका २७ देखि ६४ उमेर समूहका बासिन्दाहरु हुन् ।

जापानको स्वास्थ्य मन्त्रालयका अधिकारी तथा लागुपदार्थ निरोधक अभियानका इन्चार्जले स्थानीय प्रहरीहरुसंगको सहयोगमा बुधवार खोज अनुसन्धान गर्दा लागुपदार्थ उत्पादन गर्ने कैयौं बोटविरुवा देखि ८ किलोग्रामको लागुपदार्थहरु बरामद गरि नष्ट गरिदिएको बताएका छन् ।

गिरफ्तार भएका मध्य १६ जनालाई थुनामा राख्न आदेश दिईसकेको र ६ जनाले लागुपदार्थ खरिद बिक्रिमा संलग्न रहेको आरोप स्वीकार नगरेको बताएका छन् ।

लागुपदार्थ सम्बन्धि क्रियाकलापमा संलग्न व्यक्तिहरु ग्रामिण क्षेत्रबाट टोकियो र त्यसको आसपासको कानागावा क्षेत्रमा आएको स्थानीय प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?