बाबुले चलाएको कारले किचेर एक बालकको मृत्यु

जापान । जापानको सागामा बाबुले चलाएको कारले किचेर ३ वर्षिय बालकको मृत्यु भएको छ । शिदो मोटोमुरा नाम गरेका सो बालकलाई बाबुले चलाएको कारले किचेको थियो ।

गम्भिर घाईते भएका उनलाई उपचारार्थ अस्पतालमा लगिएको थियो । अस्पतालले बालकलाई करिब ४३ मिनेट पछि मृत घाेषित गरेकाे थियो ।

बालक बाबुले चलाएको कारको अगाडी आएको तर बाबुले उनलाई नदेखेका कारण दुर्घटना भएको जानकारीमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?