
जापान । जापानले दक्षिण कोरियासँग सैन्य सूचना आदान प्रदान सम्बन्धी महा–सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको छ । कोरियास्थित जापानी राजदुत यासुमासा नागामिने र दक्षिण कोरियाका रक्षा मन्त्री मिन गुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
बुधबार बेलुका भएको हस्ताक्षर पछि अब दुई देशका सैन्य अधिकारीबीच सुचना आदान प्रदानमा सहज हुने बताइइको छ । यो सम्झौता पश्चात् उक्त कोरियाको अबैध ब्यालेस्टीक परिक्षाण नियन्त्रणमा सहजता आउने दुई देशका अधिकारीहरुको विश्वास छ ।
उत्तर कोरियाले सहमति विनै पनि पटक पटक परमाणु परिक्षण गर्दै आउँदा कोरियाइ द्धिपमा सुरक्षा चुनौति बढेको छ । यस अघि यी दुई देशले अमिेरिकाको माध्यमबाट सुचना आदान प्रदान गर्ने गरेका थिए ।
सम्झौता अनुसार अब उत्तर कोरियाबारेको सुचना आदान प्रदानका अतिरिक्त उस्का सैन्य गतिविधिको प्रत्युत्तर पनि सहज रुपमा दिइने छ । सम्झौतामा गोपनीय सुचना आदान प्रदान र विना स्विकृति अन्य देशको सुचना नलिने बारेमा उल्लेख गरिएको छ ।
जापानी विदेश मन्त्री फुमिओ किशिदाले उत्तर कोरियाको परमाणु र मिशाइल परिक्षणका कारण देखिएको सुरक्षा चुनौति अन्त्यका लागि सम्झौता गरिएको बताएका छन् ।
दक्षिण कोरियाली सरकारले सम्झौताले दुई देश एक भएर उत्तर कोरियाली जगन्य सैन्य गतिविधि रोक्न सहज हुने बताएको छ ।