क्यान्सर पीडित जापानी लेखक विश्वकै उत्कृष्ट महिलामा मनोनित

जापान । बिबिसीले क्यान्सर सम्बन्धि बल्ग लेख्ने जापानी महिलाहरुलाई वर्षको उत्कृष्ट १०० जना महिलाहरुको सुचिमा राखेको छ ।
बिबिसीले हरेक वर्ष विश्वका प्रख्यात १०० जना महिलाहरुको सुची सार्वजनिक गर्ने गरेको छ ।

बिबिसीले जापानी फ्रीलान्सर तथा टिभी प्रस्तोता ३४ वर्षिया माओ कोबायासीलाई सुचिमा राखेको हो । कोबायासी परिचिति काबुकी स्टार इचिकावा इबिजोका पत्नी हुन् ।
पछिल्लो समय उनि ब्रेस्ट क्यान्सरबाट ग्रसित थिइन् । उनले क्यान्सरसंग लड्नु पर्दाका दिनहरुलाई समेटेर सेप्टेम्बर महिना देखी ब्लगमा लेख्न थालेकी हुन् ।

उनले लेखेको ब्लगलाई १२ लाख मानिसहरुले रुचाएका थिए । कोबायासी प्रति इंगित गर्दै बिबिसीले भनेको छ – उनको लेखनले उनलाई मात्र नभई क्यान्सरबाट पिडित संसारभरका मानिसहरुलाई प्रेरणा मिल्ने गरेको छ ।

कोबायासीले आफुलाई बिबिसीले उत्कृष्ट १०० महिलाहरुको सुचिमा मनोनित गरेकोमा धन्यवाद व्यक्त गर्दै भनेकी छिन् – आगामी दिनहरुमा आफुले क्यान्सर रोग विरुद्द लडिरहेका व्यक्तिहरुका लागि आफ्नो लेखनमा थप निखार ल्याउने भन्दै आफ्नो लेखलाई मन पराउने सबैलाई धन्यवाद भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?