भूकम्प पछि रोकिएको फुकुशिमाको आणविक केन्द्रको विद्युत् गृह सञ्चालनमा

जापान । मंगलबारको भूकम्पका कारण क्षति पुगेको फुकुशिमा आणविक केन्द्रको एक विद्युत् गृह पुनः सञ्चालनमा आएको छ ।

मंगलबारको भूकम्पले क्षति पुर्याएको गृह बुधबारबाट सञ्चालनमा आएको फुकुशिमा आणविक केन्द्रलाई उदृत गर्दै जापानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

भूकम्प पछि आएको दश फिट अग्लो सुनामी पसेका कारण सञ्चालनमा अबरोध आएको थियो । उक्त पानी बाहिर फालेर केन्द्र सञ्चालनमा ल्याइएको हो ।

केन्द्रले उक्त क्षेत्रमा विकिरणको कुनै प्रभाव नदेखिएकाले आणविक केन्द्रमा कुनै क्षती नभएको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?