जापानी मौसम विभागको घोषणा–फुकुशिमामा सुनामी आउँदैन, तर अर्को भूकम्प आउन सक्छ

जापान। जापानको मौसम विज्ञान विभागले तत्काल सूनामीको कुनै खतरा नरहेको प्रष्ट पारेको छ । मंगलबार बिहान फुकुशिमा नजिक ७.४ रेक्टर स्केलको भूकम्प पछि त्यहाँ दश फिट अग्लो सूनामीको छाल फुकुशिमा आणवीक केन्द्रमा ठोक्किएको थियो ।
तत्पश्चात् सूनामीको खतरा रहेको बताइएको थियो । मौसम विज्ञान विभागले प्रशान्त महासागरसँग जोडिएको फकुशिमा तथा मियागी तटसँग जोडिएका अन्य क्षेत्रमा पनि सूनामीको चेतावनी जारी गरेको थियो ।

तटीय क्षेत्रका बासिन्दाहरु सुनामीको चेतावनी जारी भएपछि घर छाडेर सुरक्षीत स्थान तर्फ गएका थिए । मियागि स्थित सेन्दाई बन्दरगाहमा एक दशमलव चार मिटरको सुनामीको छाल आएको थियो ।

त्यस्तै अन्य स्थानहरुमा पनि सुनामीका लहरहरु देखिएका थिए । विभागले चेतावनीको स्तरलाई घटाउँदै बुधबारबाट पुर्ण रुपमा चेतावनी फिर्ता लिएको हो ।

मौसम विज्ञान विभागका अधिकारीहरुले यस हप्ता अर्को एक शक्तिशाली भुकम्प आउन सक्ने भन्दै सचेत रहन आग्रह समेत गरेका छन् ।

उक्त भुकम्प पश्चात् सुनामीको असर रहनसक्ने भन्दै सचेत रहन पनि आग्रह गरिएको एनएचके न्युजले अधिकारीहरुलाई उदृत गर्दै समाचारमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?