आवे र भ्लादमिर पुटिन विच एपेक शिखर सम्मेलनका क्रममा भेटवार्ता

 जापान । जापानका प्रधानमन्त्री शिंजो आवे तथा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन जापानमा हुने भनिएको शिखर सम्मेलन भन्दा पहिला नै भेटवार्ता गरेका छन् ।

आबे तथा पुटिनले पेरुको राजधानी लिमामा आयोजित एशिया प्रशान्त आर्थिक सहयोग मञ्चको शिखर सम्मेलनका क्रममा भेट वार्ता गरेका थिए।

प्रधानमन्त्री शिंजो आवेले पत्रकार समक्ष जापान रुसको साथमा शान्ति सन्धि माथिको छलफलमा सदैव प्रगति चाहेको बताएका छन् ।

वैठकको शुरुवातमा राष्ट्रपति पुटिनले दुवै देश विचमा हाल चर्चामा रहेको छलफलको स्वागत गरेका छन् । उनले विभिन्न क्षेत्रमा भएको प्रगतिकाे सुनिश्चितता चाहेको बताएका छन् ।

आवेले पुटिनको आगामी जापान भ्रमणको बारेमा जानकारी दिएका थिए । रुसी राष्ट्रपति पुटिनको १५ डिसेम्बरमा यामागुचि प्रान्तस्थित प्रधानमन्त्री आवेको गृह नगर भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

डिसेम्बरमा १५ हुने भेटमा दुवै नेताले टोकियोमा आर्थिक मुद्धामा माथि छलफल गर्ने कार्यक्रम बनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?