जापान । टोकियो नजिक रहेको फुकुशिमा क्षेत्रमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । फुकुशिमाबाट ७० किलोमिटर टाढा १० किमीको गहिराईमा भूकम्प गएको जापानको भूकम्प मापन केन्द्रले जनाएको छ ।

जसका कारण फुकुशिमा परमाणु संयन्त्रको क्षेत्र आसपास दश फीट अग्लो सुनामीको छाल समेत देखिएको छ । विहान ५.५९ मिनेट जाँदा आएको भूकम्पका कारण कुनै पनि मानवीय क्षति नभएको खबर प्राप्त भएको छ ।
जापानका क्याविनेटका मुख्य सचिव योशिहिदे सुगाले भूकम्पका कारण फुकुशिमाको तेस्रो रिएक्टर कुलिंग सिस्टमले काम गर्न छोडेको बताएका छन् ।
तर, अहिलेसम्म तापक्रम बढ्ने संकेत देखिएको छैन । उनले स्थिति अध्ययनका लागि सरकारले एक टोली गठन गरेको जानकारी दिएका छन् ।
भूकम्पले मानवीय तथा भौतिक क्षति गरेको विवरण अहिलेसम्म कूने विवरण आएको छैन । भूकम्पका कारण राजधानी टोकियो पनि प्रभावित भएको थियो ।
जापानको कुमामोटो प्रान्तमा अप्रिलमा आएको भूकम्पमा ५० जनाको मृत्यु भएको थियो । सन् २०११ मा फुकुशिमामा भूकम्पका कारण १८ हजार भन्दा धेरैको मृत्यु भएको थियो ।
सन् २०११ मा आएको सुनामीका कारण उक्त परमाणु संयन्त्र पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो ।