जापान । जापानका प्रधानमन्त्री शिंजो आवेले जापानी मुलका पेरु निवासीलाई जापान बोलाई अनुसन्धान तथा शिक्षाको अवसर प्रदान गर्ने योजना बनाएका छन् ।

पेरुको राजधानी लिमामा रहेको एक थिएटरमा जापान पेरु संगठनद्धारा आयोजित स्वागत समारोहका विच उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री आवेले सन १९९६ मा लिमामा जापानी राजदुतको निवासमा जन्म भएको अस्थायी बन्धि संकटको उद्धरण गरेका थिए । सो अस्थाई बन्धि संकटमा जापानी मुलका पेरु निवासीहरु बन्धक बनाइएका थिए ।
उनले मध्य तथा दक्षिण अमेरिकी देशमा रहेका जापानी मुलका पेरु निवासी निक्कै मिलेर बस्ने गरेको बताए । आवेले उनिहरुले पेरुमा हासिल गरेको प्रशंसा प्रति आफु कृतज्ञ भएको बताएका छन् ।
उनले जापानी मुलका पेरु निवासिका आउदा पिढीले जापानका बारेमा जान्ने तथा जापानलार्इ माया गर्ने प्रति आशा व्यक्त गरेका छन् ।
उनले जापानी मुलका पेरु निवासीका अघिल्ला पिढीलाई जापान बोलाउनको लागि भरपुर महत्व दिने बताएका छन् ।