
जापान । जापानी प्रधानमन्त्री सिन्जो आबेले रुसी राष्ट्रपतिलाई आफ्नो देशमा स्वागत गर्न आफु आतुर भएको बताएका छन् । पेरुको राजधानी लिमा भएको दुई नेता बीचको भेटवार्ताका क्रममा प्धानमन्त्री आबेले आफु रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई स्वागत गर्न आतुर भएको बताएका हुन् ।
भेटवार्ताका क्रममा डिसेम्बर १५ बाट हुने पुटीनको दुई दिने भ्रमणका बारेमा छलफल भएको दुई नेताले बताएका छन् । आबेले रुस सँगको शान्ति सन्धीलाई आफुहरुले अघि बढाउन चाहेको बताएका थिए ।
पेरुको राजधानी लिमा भएको एसिया प्रशान्त आर्थिक सहयोग मञ्चको सम्मेलनका क्रममा दुई नेताबीच भेटवार्ता भउको थियो । उनीहरुका बीचमा करिब एक घण्टा छलफल भएको थियो ।
भेटवार्ताको सुरुमै पुटीनले पछिल्लो समय दुई देशका बीचमा भैरहेको निरन्तरको संवादको स्वागत गरेका थिए । उनले जापानसँग भएका सम्झौताहरुको कार्यान्वयनका लागि आफु प्रतिवद्ध रहेको बताए ।