जापान । जापानकी राजकुमारी किको तथा उनका छाेरा राजकुमार हिसाहितो आईतबार कार दुर्घटनामा परेका छन् ।

दुर्घटनामा परेका दुवैको अवस्था सामान्य रहेको छ ।
राजकुमारी किको तथा राजकुमार हिसाहितो सवार कारले चुवो राजमार्गको बाक्लो ट्राफिक जाममा अर्काे सवारीलाई ठक्कर दिएको थियो ।
सो दुर्घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।