जापान । जापान तथा रुसका अधिकारीले आर्थिक सहयोग गर्ने एक योजनाको विस्तृत रुपरेखा तयार गरेका छन् ।

अार्थिक सहयोगको योजनामा ठोस परियोजना तथा योजनाको तालिकाको समावेश गरिएको छ । सो परियोजना यसै वर्ष जापानद्धारा रुसलाई पेश गरिएको ८ सुचिय प्रस्तावको अनुरुप रहेको छ ।
अन्तराष्ट्रिय मामिलाका जापानी उपमन्त्री हिरोफुमि कातासे तथा रुसका आर्थिक विकास उपमन्त्री स्तानिस्लाफ वोस्क्रेसेन्सकीले पेरुमा आयोजित एक वैठकमा सो योजनाको रुपरेखा तयार गरेका थिए ।
योजनाकाे व्यहोरा भने सार्वजनिक गरिएको छैन । तर सो योजनामा दुवै देशमा यथासक्य छिटो स्वास्थ्यसंग जाेडिएकाे ज्ञापन पत्रमा हस्ताक्षर संकलन गरिने उल्लेख गरिएको छ ।
यसबाट दुवै देशले उन्नत चिकित्सा सुविधाको लागि चिकित्सक तथा विरामीहरुलाई आन्दोलनमा सहभागी हुन अनुमति दिने योजना बनाएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।