जापान । नेपाली टोली र जापानी फ्रेन्ड्स टोली विच भईरहेको मैत्रीपूर्ण खेलमा खेलको दोस्राे हाफमा नवयुग श्रेष्ठकाे गोलसंगै नेपालले १- ० को अग्रता लिएको छ ।

सातदोबाटो स्थित एन्फा कम्पेक्समा भईरहेको खेलकाे ५८ औं मिनेटमा उनले जापान विरुद्ध गोल गरेका हुन् ।
विमल घर्ती मगरको पासमा बिक्रम लामाको प्रहारलाई जापानी टाेलिका गोल रक्षकले रोके पनि बल नियन्त्रणमा लिन नसकेको समयलाई सदुपयोग गर्दै नवयुग श्रेष्ठले गोल गरेका हुन् ।