जापानी लेखिका जर्मनको प्रख्यात साहित्यिक पुरस्कारबाट सम्मानित

जापान । जापानी लेखक योको तावाडा जर्मनीको प्रख्यात साहित्यिक पुरस्कारबाट सम्मानित भएका छन् । यस वर्षको क्लेईस्ट पुरस्कार तावाडाले सम्मानित भएका हुन् ।

५६ वर्षीय तावाडा १९८२ देखि जर्मनीमा बस्दै आईरहेकी छिन् ।  जापानी र जर्मन भाषामा उत्तिकै कलम चलाउने तावाडालाई जापानको साहित्यिक अवार्ड अकुतागावाबाट सन् १९९३ मा सम्मानित भएका थिए ।

उनले जर्मनीमा २० वटा भन्दा बढी उपन्यास र आख्यानहरुमा योगदान गरेवापत सो पुरस्कार प्रदान गरिएको हो  । जर्मनीमा क्लेईस्ट पुरस्कार सन् १९१२ मा स्थापना भएको हो ।

विदेशी नागरिकहरुले विरलै प्राप्त गर्ने यो पुरस्कार तावाडाले जर्मन भाषाको विशेष प्रयोग गरे वापत प्राप्त गरेको बताईएको छ । पुरस्कार वितरण समारोह वर्लिनमा आईतवार गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?