
जापान । एसिया प्रशान्त आर्थिक सहयोग मञ्चको शिखर सम्मेलनका क्रममा पेरु पुगेका जापानी प्रधानमन्त्री सिन्जो आबेको व्यस्तता बढेको छ । जापानी प्रधानमन्त्री सिन्जो आबे र रसीयन राष्ट्रपति भ्लादिमिर पुटीनका बीच आज साँझ भेटवार्ता हुँदै छ ।
एसिया प्रशान्त आर्थिक सहयोग मञ्च (एपेक)को शिखर सम्मेलनका क्रममा पेरुको राजधानी लिमा दुई शीर्ष नेताहरुका बीच वान टु वान वार्ता हुन लागेको हो ।
भेटवार्ता बारे पुटीनका विदेश सल्लाहकार युरी उसाकोफले पुष्टि गरेका छन् । वार्तामा जापान रुस शान्ति सम्झौता र रुस शासित सामुद्रीक द्धिपहरुमा द्धिपक्षीय सहयोग अभिवृद्धिबारे छलफल हुने छ ।
रुसी राष्ट्रपति पुटीनले यहि डिसेम्बर १५ र १६ मा जापानको भ्रमण समेत गर्दैछन् ।