जापानद्वारा जलवायु परिवर्तन सम्मेलनमा वित्तीय सहयोगको संकल्प

जापान । जापानका वातावरणमन्त्री कोईची यामामोतोले विश्व तापमानको विरुद्ध कदम उठाउने उदेश्यले विकासन्मुख देशलाई वित्तीय सहायता गर्ने संकल्प गरेका छन् ।

पेरिस सम्झौतामा हस्ताक्षर गरेको देश मोरक्काको माराकेश शहरमा जलवाययु परिवर्तन सम्बन्धी विषयमा संयुक्त राष्ट्र संघबाट अलग्गै बैठकको आयोजना गरिएको छ ।

उनले यो सम्झौताले सबै देशलाई ग्लोवल वार्मिङको विरुद्धमा लागि पर्न बाध्य बनाएको बताएका छन् ।

जापानको संसदले जलवायु परिवर्तनसंग सम्बन्धित पेरिस सम्झौताको विद्येयकलाई अनुमोदन गर्न ढिलाई गरेको कारण जापान सो वैठकमा एक पर्यवेक्षक रुपमा मात्र सहभागी हुनेछ ।

वातावरण मन्त्री यामामोतोले  बैठकलाई सम्बोधन गरेका थिए । उनले जापानले विकासन्मुख देशमा आवश्यकताको पुर्तिका लागि व्यवहारिक सहयोगको प्रस्ताव गर्ने बताएका छन् ।

उनले सन २०२० सम्ममा पुर्वाधार सुधार, प्राविधिक जानकारी प्रदाने तथा प्रशिक्षणको लागि १२ अरब डलर प्रदान गर्ने संकल्प गरेक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?