पेरुमा हुने भयो जापानको रुससँग यस्तो सम्झौता, रुसको गाउँमा अब जापानी चिकित्सक

जापान । पेरुको राजधानी लीमा जारी एसिया प्रशान्त प्यासिफीक कोअपरेशनको सम्मेलनका क्रममा जापान र रुसका बीचमा महत्वपुर्ण आर्थिक सहायता, चिकित्सक एक्सचेन्ज , उर्जा र औद्योगिक विकास सम्झौता हुने भएको छ ।

यही विषयमा दुई देशका शीर्ष नेता तहमा हस्ताक्षरको समेत तयारी गरिएको छ । कोअपरेशनको सम्मेलनका क्रममा जापानी प्रधानमन्त्री सिन्जो आबेले रुसी मन्त्रीसँग वार्ता गर्ने कार्यक्रम तय भएको छ ।

रुसी राष्ट्रपतिको चासो र जापानी प्रधानमन्त्रीको विशेष योजनाका साथ चार महत्वपुर्ण योजनामा हस्ताक्षर गर्न लागिएको हो । प्रधानमन्त्री आबेले चारवटा सहयोग आदान प्रदान सम्बन्धी योजना ल्याएका छन् ।

जस अनुसार चिकित्सक आदान प्रदान कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखिएको छ । जस अनुसार जापानी चिकित्सकहरु रुसको ग्रामीण इलाकामा रहेका बालबालिकाको स्वास्थ्योपचारमा खटीने छन् ।

यस्तै रुसका विशेषज्ञ डाक्टरहरु पनि जापान आउने छन् । यस्तै रुसको सुदुर पुर्वी इलाकामा उर्जा विकासमा जापानी सहयोग रहने र औद्योगिक उत्खनन्मा रुसलाई जापानले सहयोग गर्ने कार्ययोजना रहेको छ ।

यस्तै दुई देशका बीच थप आर्थिक सहायता सम्बन्धी विषयमा पनि हस्ताक्षरको तयारी गरिएको छ । यस्तै विश्वविद्यालयमा विद्यार्थी आदान प्रदानको बारेमा पनि सम्झौता पत्रमा उल्लेख गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?