जापान सोसाइटीका अध्यक्ष अमेरिकी बाणिज्य मन्त्री पक्का, ट्रम्पको प्राथमिकतामा जापानविज्ञ

जापान । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो भावि मन्त्रीमण्डल निर्माणको तयारीलाई तिब्रता दिएका छन् । यस क्रममा ट्रम्पले बाणिज्य मन्त्रीमा एक विश्व विख्यात कुटनीतिज्ञलाई मनोनित गर्ने भएका छन् ।

उबिलसर राँस नामका कुटनीतिज्ञ तथा बाणिज्य विज्ञलाई मन्त्री बनाउने तयारी गरिएको हो । उनी जापानसँग अत्यन्तै निकट रहेर काम गरेका कुटनीतिज्ञ हुन् । उनी हाल न्युयोर्कमा रहेको जापान सोसाइटीका अध्यक्ष समेत हुन् ।

यो संस्थाले जापान–अमेरिका बीचको कुटनीतिक तथा आर्थिक र सामाजिक साँस्कृतिक आदान प्रदान गर्ने गर्दछ । यस्तै ट्रम्पले विदेश मन्त्रीमा पनि जापान सोसाइटीका पुर्व सदस्य एवं न्युयोर्कका पुर्व प्रशासक रुडी गिलिआनी र राष्ट्रसंघका पुर्व अमेरिकी राजदुत जोन बोल्टनको नाम अघि सारेका छन् ।

यस्तै रक्षा मन्त्रीका लागि अल्बामा राज्यका सिनेटर जेफ सेल्शन र टोम काँटनको नाम प्रस्ताव गरिएको छद्ध । उनीहरु पनि जापान सोसाइटीका साधारण सदस्य रहेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

बिहीबार मात्रै जापानी प्रधानमन्त्रीले ट्रम्पसँग भेटवार्ता गरेका थिए । भेटवाताृका क्रममा ट्रम्पले आफ्नो सन्त्रीमण्डलमा जापानका बारे जानकार नेताहरुलाई ल्याउने बताउका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?