ट्रम्प टावरमा ९० मिनेट बिताएका जापानी प्रधानमन्त्रीको निश्कर्ष : ट्रम्प साँच्चै आत्मविश्वासी नेता

न्युयोर्क । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्प बारे विश्वभर थरि थरिका विश्लेषणहरु हुने गरेका छन् । अमेरिकी व्यापारी ट्रम्प एकाएक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि उनी अहिले विश्व नेता बनोका छन् । र उनले विश्वको तेस्रो ठुलो अर्थतन्त्र भएको मुलुक जापानका प्रधानमन्त्रीसँग पहिलो अन्तर्राष्ट्रिय भेट गरेका छन् ।
यो भेट कस्तो रह्यो त ? अहिले विश्वकै चासोका रुपमा यो भेटवार्ता रहेको छ । प्रधानमन्त्री आबेले यो भेटवार्ताका बारेमा बताएका छन् कि यो निकै उपलब्धिमुलक रह्यो । आबेले भनेका छन् कि ‘ट्रम्प साँच्चै कन्फिडेन्ट भएका नेता हुन् र उनको चाहना भनेको विश्वलाई नयाँ सम्बन्ध बनाएर शान्ति र समृद्धिको मार्ग पहिल्याउन सकिन्छ ।’

प्रधानमन्त्री आबे र ट्रम्पबीच न्युयोर्कस्थित ट्रम्प टावरमा करिब ९० मिनेट भेटवार्ता भएको थियो । अत्यन्तै शान्त र मिठासपुर्ण माहौलका बीच आफुहरुको भेटवार्ता भएको र जापान–अमेरिकाका बीच लामो र दिर्घकालिन सहकार्यको सम्भावनाका बारेमा छलफल भएको आबेले बताए ।

यो भेटवार्ता ट्रम्पका लागि अत्यन्तै रोचक र महत्वपुर्ण रह्यो । उनले पहिलो पटक विश्वका कुनैपनि देशका शीर्ष नेतृत्वसँग फेस टु फेस वार्ता गरेका हुन् । ट्रम्प वार्ताका क्रममा निकै उत्सुक देखिएको र विश्वराजनीतिलाई जिज्ञासुपुर्ण तरिकाले जानकारी लिएका थिए ।

दुई नेताका बीचमा दोस्रो विश्वयुद्ध पश्चात् जापानी अर्थतन्त्र उकास्न भउको अमेरिकी सहयोग देखि आजका दिनमा भैरहेको द्धिपक्षीय सहकार्यका बारेमा छलफल भएको थियो ।

आगामी चारवर्षे कार्यकालमा ट्रम्पले जापानसँगको आपसी सहयोग अभिबृद्धि गर्ने बताएका थिए । उनले दिर्घकालिन सम्झौताहरु गर्दै दुईदेश बीचको सम्बन्धलाई नयाँ उचाइमा लान आफुले पहल गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?