जापान–अमेरिका सहकार्यमा मात्रै विश्वशान्ति सम्भव : प्रधानमन्त्री आबे

न्युयोर्क । जापानका प्रधानमन्त्री सिन्जो आबेले अमेरिकासँग नयाँ ढंगको विश्वासको वातावरण तय गरिने बताउका छन् । पेरुमा हुन लागेको एसिया प्यासिफिक इकोनोमिक कोअप्रेसनको सम्मेलनमा जाने क्रममा अमेरिका आइपुगेका प्रधानमन्त्री आबेले विश्वासको वातावरण तय गर्नका लागि आफु अमेरिका आएको बताएका छन् ।

न्युयोकर्मा अमरिकी नवनिर्वाचित राष्ट्रिपतिलाई भेट्नुपुर्व सञ्चारकर्मीलाई संक्षीप्त प्रतिक्रिया दिँदै आबेले अमेरिका र जापानको सहकार्यले मात्र विश्वमा शान्ति स्थापना हुनसक्ने बताए ।

उनले अमेरिकाका नयाँ राष्ट्रपतिको भिजन र उनको चाहना अनुसार विश्व राजनीतिमा केही परिवर्तन देखापर्ने भएकाले आफुले उनको विदेश नीति र सुरक्षा नीतिका बारेमा जानकारी लिने बताए ।

आबेले आफु अमेरिकी नवनिर्वाचित राष्ट्रपतिसँग सल्लाह गर्नका लागि निकै आतुर रहेको र विश्व राजनीतिका नयाँ नेतासँग आपसि हितका बारेमा छलफल केन्द्रीत गर्न चाहेको बताए ।

आबेले जापान–अमेरिका एलायन्सले विश्व भुराजनीतिमा परिवर्तन ल्याउनसक्ने बताए । आबेले एसियाका देशहरुले ट्रम्पसँग नयाँ आशा राखेको र उनले एसियाली शक्तिराष्ट्रहरुसँगको सम्बन्ध बलियो बनाउने इच्छा राखेकाले आफु उनीसँग भेट्न आएको बताएका छन् ।

ट्रम्प निर्वाचित हुने वित्तिकै आबेले फोन मार्फत् सुरक्षा र विदेश नीतिमा दुई देशबीच सहकार्यको प्रस्ताव गरेका थिए । ट्रम्पले भेटवार्ता मार्फत् यी विषयमा विस्त्रीत छलफल गर्ने प्रस्ताव राखेका थिए ।

जापानले अमेरिकासँग चार वर्षे नयाँ रणनीति बनाउने तयारी समेत गरेको छ । आबे ट्रम्पलाई भेट्ने पहिलो विश्व नेता समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?