अब जापानमा पिआर लिन झन् सजिलो, ०१७ को मार्चबाट आउँदैछ नयाँ योजना

जापान । जापानमा व्यापार व्यवसाय गर्दै आएका विदेशी व्यवसायी र श्रममा संलग्न रहेका विदेशी कामदारलाई स्थायी आवास अनुमति पत्र वितरण सहज बनाइने भएको छ ।

जापान सरकारले पाँच वर्ष देखि व्यवसाय गरेर बसेका बिदेशी नागरिक र तीनका परिवारलाई स्थायी बसोबास अनुमति पत्र दिने भएको छ । जापान सरकारले सन् २०१७ को मार्च देखि लागु हुनेगरि यो प्रक्रिया सुरु गरिरहेको छ ।

घोषणा अनुसार अब जापानमा व्यवसाय गर्ने अनुमति पाएकाहरुले आफ्नो परिवारलाई समेत पीआर भिसामा जापान ल्याउन पाउनेछन् ।

न्याय मन्त्रालय यो कानुनलाई अगाडि बढाएको छ भने श्रम र विदेश मन्त्रालयले यस सम्बन्धी कार्यक्रम अघि बढाइरहेको जापानी विदेश मन्त्रालयले जनाएको छ ।

यसरी स्थायी वसोवास अनुमति प्राप्त गर्नका लागि भने जापान सरकारको मातहतमा दर्ता भई संचालन भएका र कानुनी प्रक्रिया पुरा गरेका व्यवसायीहरुले निवेदन दिनुपर्ने छ ।

व्यवसाय दर्ता नगरी कार्यरत कम्पनीका संचालकले पनि कानुनी दायरामा गएमा यो सुविधा पाउनेछन् भने बैध रुपमा कार्यरत श्रमिकहरुलाई समेत बसोबासको अनुमति दिइने छ ।

जापान सरकारले घट्दो जनसंख्या र जापानमा थप विदेशी लगानी बढाउनका लागि कानुनी सहजता अपनाएको हो । नयाँ नीतिले शरणार्थी आवेदन तथा विना भिसा जापानमा वस्नेहरुलाई समेत सहज बनाउने छ । यसरी पीआर दिइदा उनीहरुको शैक्षिक इतिहास, कार्यअनुभव, वार्षिक आयलाई आधार मानिने छ ।

जापानको श्रम बजारमा एक तिहाई जनसंख्या आप्रवासी रहेका छन् । अब भने जापान सरकारले विदेशी नागरिकलाई बैंक लोनको सुविधामा समेत सहजता ल्याउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?