जापान । जापानकी रक्षामन्त्री तोमोमी इनादाले सूडानमा जापानी स्व-रक्षा सेनाको एक एकाईले १२ डिसेम्बरबाट आफ्नो कार्यभार सम्हाल्ने बताएकी छिन् । जापानी स्व-रक्षा सेना छिट्टै दक्षिणी सूडान जाने तयारीमा रहेको उनले बताएकी छिन् ।

रक्षामन्त्री ईनादाले सो ईकाइ केवल सूडानको राजधानी जुवा तथा त्यसको आसपासका क्षेत्रमा मात्रै सक्रिय रहने बताएकी छिन् । साथै उनले नियम अनुसार स्व- रक्षा सेनाकाे सशस्त्र बचाउको अभियान पनि सोहि क्षेत्र सम्ममा सीमीत हुने बताईन ।
रक्षामन्त्री इनादाले दक्षिण सूडानको परिस्थितीमाथि नजर राख्ने बताएकी छिन् ।