जापान । जापान सरकारले जापानी स्व-रक्षा बल अर्थात एसडीएफलाई अतिरिक्त दायित्व सुम्पिने फैसला गरे पश्चात फैसलाकाे विरोधमा सयौं जापानी नागरिकहरु टोकियोस्थित प्रधानमन्त्री कार्यालयको अगाडी जम्मा भएका छन् ।

करिब ३५० मानिसले सो फैसलाको विरोधमा र्याली निकालेका थिए । जापान सरकारले गरेकाे साे फैसलामा दक्षिणी सूडानमा संयुक्त राष्ट्रसंघकाे शान्ती अभियानमा सहभागी भएका एसडीएफ़ को एक इकाईलाई सिमीत शसस्त्र बचाउको अनुमती दिइएको छ ।
प्रदर्शनकारीले स्व-रक्षा बललार्इ सुम्पिएको सो दाहित्वबाट जापानकाे संविधानको धारा ९ को उलङ्घन भएकाे बताएका थिए । जसमा जापानी सैनिक बलको प्रयोगबारे कुनै अनुमती दिइएको छैन ।
र्यालीमा सहभागी भएकी एक ७० वर्षिय बृद्धाले सो कदमलाई उठाउन जापान सरकारले दिएको अनुमतीबाट आफु चिन्तित भएको बताएकी थिईन ।
त्यस्तै एक ६७ वर्षीय वृद्द ले संविधानले सो दाहित्वको अनुमती नदिएकाले यसको डटेर विरोध गर्ने बताएका छन ।