जापानको विजय संगै विश्वकप फुटबलमा छनौट हुने सम्भावना बढ्यो

जापान। सन् २०१८ मा आयोजना हुने विश्वकप फुटबलको छनौट खेलमा जापानले साउदी अरेवियालाई २-१ गोलले पराजित गरेको छ ।

पहिलो हाफमा हिरोशी कियोताके द्वारा भएको गोलले जापानले साउदी अरेवियासंग जित हात पार्न सफल भएको थियो ।

खेलको ४५ औं मिनेटमा कियोताकेले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै पहिलो गोल गरेका थिए । त्यस्तै खेल सकिन ११ मिनेट बाँकि हुँदा जापानी खेलाडी जेन्की हारागुचीले दोस्रो गोल गरि जापानलाई विजयी बनाएका थिए ।

खेलको अन्तिम मिनेटमा साउदी अरेवियाका ओमार हाव्सवीले सान्त्वना गोल गरेका थिए । जापानको यो विजय संगै १० अंक प्राप्त गरेको छ ।

ग्रुप बि अन्तर्गत दुई देशहरु विश्वकप फुटबलमा छनौट हुनेछन् । जापानको विजय संगै विश्वकप फुटबलका लागि छनौट हुने सम्भावना बढेर गएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?