जापानले बनायो शक्तिशाली ड्रोन (भिडियो सहित )

जापान । एनटिटी दोकोमो द्वारा जापानमा पहिलो ड्रोनको ट्रायल गरिएको छ । सो ट्रायल वायरलेस टेक्नोलोजीबाट नभई मोबाईल फोनबाट गरिएको हो ।

त्यसरी उडाईएको ड्रोनले एक केजी प्याकेटको सामान २.५ किमी सम्म सफलतापूर्वक समुन्द्री टापुबाट फुकुओका सहरमा पुर्याएको थियो ।

सो सामान ड्रोनले ५० किमी प्रतिघण्टाको गतिमा ५ मिनेटमा सो स्थानमा पुर्याएको थियो ।

वायरलेस कन्ट्रोल प्रविधिबाट उडाईने ड्रोनबाट सामान केवल १ किमी सम्म मात्र पुर्याउन सकिने तर मोबाईल फोनबाट चलाईएको ड्रोनले त्यहि सामान १० किमी टाढा सम्म पुर्याउन सफल भएको देखिएको छ ।

ईन्जिनियरहरु द्वारा डिजाईन गरिएको सो ड्रोनलाई प्रयोगका लागि २०१८ मा बजारमा ल्याईने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?