जापान । जापानले भूकम्पबाट क्षतिग्रस्त बनेको न्युजिल्यान्डलाई सहयोग गर्न P-1 जेट पठाएको छ । जापानी रक्षा मन्त्री तोमोमी ईनादाले मंगलबार न्युजिल्यान्ड सरकारले सहयोग माग गरेपछि जेट पठाईएको बताएका छन् ।

सहयोगका लागि आएको दुई हेलिकप्टरहरुलाई भूकम्पले क्षतिग्रस्त बनेका स्थानहरुमा सहयोगका लागि प्रयोग गरिने न्युजिल्यान्ड सरकारले बताएको छ ।
सोमबार न्युजिल्यान्डमा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । जसका कारण बाढी जानु साथै बाटोघाटाहरु भत्किएका थिए ।
मंगलवार देखि न्युजिल्यान्डमा रेस्क्यु अपरेसन सुरु गरिएको थियो । सैयौं संख्यामा रहेका विदेशी पर्यटकहरुलाई हेलिकप्टर मार्फत काईकौरामा अवतरण गरिएको थियो ।