जापान । जापानका प्रधानमन्त्री सिन्जो आबेका विशेष दुत कात्सुयुकि कावाई अमेरिका पुगेका छन् । प्रधानमन्त्री आबेका विशेष सल्लाहकार समेत रहेका कावाई विशेष दुतका रुपमा अमेरिका पुगेका हुन् ।
न्युयोकर्मा रहेका कावाईले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सचिवसँग भेटवार्ता गर्दैछन् । उनले दुई शीर्ष नेताहरुबीचमो भेटवार्ताको पृष्ठभुमि तयार पार्ने छन् ।
कावाईले न्युयोर्कका अलवा राजधानी वासिंगटनमा समेत ट्रम्पका प्रतिनिधिसँग भेटवार्ता गर्नेछन् । उनले ट्रम्पको सुरक्षा र विदेश नीतिका बारेमा जानकारी लिनेछन् र आबेलाई जानकारी गराउने छन् ।
प्रधानमन्त्री आबे समय मिलेपछि आगामी बिहीबार अमेरिका जाने कार्यक्रम छ ।