जापानमा रहेको अमेरिकी सेनाले सिंगो दक्षिण एशियाको सुरक्षा गर्छ : आवे

जापान । जापानी प्रधानमन्त्री सिन्जु आवेले जापानमा रहने अमेरिकी सेनाले जापानको मात्र नभई सिंगो दक्षिण एशिया क्षेत्रको सुरक्षाको लागि भूमिका खेल्ने बताएका छन् । जसका कारण प्रधानमन्त्री आवेले दुवै देशलाई फाइदा हुने गरि जापानमा अमेरिकी सेनामा लगानी गरिने बताएका छन् ।

 

माथिल्लो सदनको बैठकमा आफ्नो कुरा राख्दै आवेले अमेरिकी सेनाले खेल्ने भूमिकाबाट जापान र अमेरिका दुवैले फाईदा लिने बताएका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले निर्वाचन प्रचारप्रसार समयमा जापान लगायत अन्य मित्र राष्ट्रहरुमा अमेरिकी शक्ति तथा सेना पठाएर सहयोग गर्ने बताएका थिए ।

त्यसकारण पनि अब ट्रम्पको कार्यकालमा अमेरिका र जापान विच थप सहकार्य हुने आवेले बताएका छन् ।

जापानमा रहेको अमेरिकी सेनाले जापानमा मात्र नभई सिंगो दक्षिण एशिया क्षेत्रमा शान्ति तथा अमनचयन ल्याउन उल्लेखनीय भूमिका खेल्ने विश्वास आवेले व्यक्त गरेका छन् ।

अमेरिकी सेनालाई आफ्नो देशमा राख्न जापानी सरकारले १.९ बिलियन अमेरिकी डलर लगानी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?