जापानको अर्थतन्त्रमा ०.५ प्रतिशतले वृद्दी

जापान । जापानी अर्थतन्त्रमा अनुमान गरिएको भन्दा बढी वृद्दी भएको सरकारी आंकडाले देखाएको छ। सोमबार सरकार द्वारा प्रस्तुत आंकडाले अर्थतन्त्रमा सुधार ल्याउन संघर्षरत प्रोजेक्टहरुका लागि शुभ समाचार बनेको छ ।

अर्थतन्त्रमा विश्वकै तेस्रो ठुलो राष्ट्रको रुपमा परिचित जापानले पछिल्लो जुलाई र सेप्टेम्बर महिनामा ०.५ प्रतिशतको दरले आर्थिक वृद्दी हासिल गरेको देखिएको छ ।

त्यो आंकडाका अनुसार वार्षिक रुपमा जापानको आर्थिक वृद्दीदर २.२ हासिल गरेको क्याविनेटका अधिकारिहरुले दावा गरेका छन् ।

जसका अनुसार बजारको माग अनुसारको ०.२ प्रतिशतको आर्थिक वृद्दीदर हासिल गर्दै वार्षिक रुपमा ०.८ प्रतिशतले वार्षिक वृद्दी तय गर्ने देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?