ट्रम्प प्रशासनसँग सम्बन्ध सुधार्न जापानी विदेश मन्त्री किशिदाले थाले यस्तो पहल

जापान । जापानका विदेश मन्त्री फुमिओ किशिदाले अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग नयाँ ढंगको सम्बन्ध कायम गर्ने बताएका छन् ।
जापान सरकारको तर्फबाट अमेरिकी नवनिर्वाचित राष्ट्रपति र उनको प्रशासनसँग निकट सम्बन्ध राख्ने र आर्थिक तथा कुटनीतिक छलफल प्रारम्भ गर्ने जिम्मेवारी उनले लिएका छन् ।

किशिदाले जापान अमेरिकासँग शर्त रहित व्यापार गर्नुपर्ने पक्षमा रहेको र यसबाट नै दुई देशलाई लाभ हुने बताएका छन् । विदेशमन्त्री किशिदाले आइतबार पनि अमेरिकी नयाँ प्रशासनसँग सम्पर्कको प्रयास गरेको बताइएको छ ।

निरन्तर रुपमा नयाँ प्रशासनसँग कुराकानी हुने र प्रधानमन्त्री सिन्जो आबेको अमेरिका भ्रमणका बेला नयाँ सहमति कायम गरिने बताइएको छ ।

जापान सरकारले अमेरिका र जापानबीचको सहकार्यलाई जोड दिदै आएको छ । राष्ट्रसंघमा समेत यी दुई देशका बीचमा हुने समझदारी र सहकार्यले विश्वलाई प्रभाव पार्ने भएकाले आपसमा मिलेर नयाँ समझदारी गरिनुपर्ने जापान सरकारको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?