मोदीलाई जापानमा दिइयो गार्ड अफ अनर, आबेसँग भयो यस्तो सम्झौता

जापान । जापानका प्रधानमन्त्री सिन्जो आबे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सामरीक महत्व र विश्व गठजोडमा जापान र भारत सँगसँगै हिड्ने सहमति बनेको छ ।

जापानको तीन दिने भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदलिे आबेसँग भेटवार्ता गरेका हुन् । दुई शीर्ष नेताहरुका बीचमा विश्व समुदायमा एसियाली क्षेत्रको पहँच र एसियाको प्रभुत्व कायम गर्नका लागि एक भएर अघि बढ्ने सहमति भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले बताएका छन् ।

उनीहरुका बीच जापानी प्रधानमन्त्रीको सरकारी आवास कांतेइमा भेट भएको थियो भने मोदीलाई गार्ड अफ अनरको सम्मान दिइएको थियो । दुई नेताको शिखर वार्तापछि सुरक्षा, कारोबार, सैन्य क्षमता विकास, आधारभुत भौतिक पुर्वाधारमा जापानी लगानी लगायतका १२ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा भारत–जापान सांस्कृतिक आदान प्रदान पनि उल्लेख गरिएको छ । सम्झौतामा परमाणु सहकायृका बारेमा पनि उल्लेख गरिएको छ ।

जापानी प्रधानमन्त्री आबे भारत भ्रमणमा गउका बेला यो विषयमा विस्तृत छलफल भएको थियो । विश्वको तेस्रो ठुलो आर्थिक शक्ति जापान र उदाउँदो अर्थतन्त्र भएको भारतका बीचमा पछिल्ला वर्षहरुमा सम्बन्धले नयाँ रुप लिदै आएको छ । दुई देशका उच्चस्तरयि भ्रमण आदान प्रदान भैरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?