नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यविधिबाट जापानी अर्थव्यवस्थामा पर्ने असर

जापान । जापानका मिजुंहो अनुसन्धान संस्थानका मुख्य बजार अर्थशास्त्री कात्सुयुकी हासेगावाले नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले व्यापार नितिमाथि कडा मनोवृति अपनाउन सक्ने बताएका छन् ।

साथै ट्रम्पले जापान माथि आफ्नो बजार खोल्न दबाव दिन सक्ने तथा यसको अलवा बलियो येन अर्थात कमजोर डलरको ईच्छा राख्न सक्ने हासेगावाले बताएका छन् ।

ट्रम्प प्रशान्त पार साझेदारी तथा मुक्त व्यापार सम्झौताका विरोधी हुन् । उनले उनि राष्ट्रपतिमा निर्वाचित भएकै दिन सो सम्झौताबाट अमेरिका पछाडी हट्ने बताएका थिए ।

जापानी संसदको वर्तमान सत्र टीपीपीको समर्थन गर्दै विद्येयकको पारित गर्ने तयारीमा रहेको छ । तर सो व्यापार सम्झौता अमेरिकाको उपस्थिती बिना कार्यान्वयनमा आउन सक्दैन ।

जापानी सरकार टीपीपी सम्झौतालाई आफ्नो विकास रणनितीको एक प्रमुख घटकको रुपमा लिने गर्दछ । यसै कारण जापान ट्रम्प प्रशासन संग यस व्यापार सन्धि प्रति सकारात्मक मनोवृति अपनाउनको लागि सजक रहनु पर्ने कात्सुयुकीले बताएका छन्

लघु अवधिमा मुक्त व्यापारको केहि नकरात्मक प्रभाव हुन सक्ने तर कुल मिलाएर व्यापार विस्तार वैश्विक अर्थव्यवस्थाको लागि सकरात्मक रहने कात्सुयुकीले बताएका छन ।

उनले अमेरिका मुक्त व्यापार सम्झौतासंग जोडिरहनु जापानका लागि मात्रै नभई सिंगो विश्वको अर्थव्यवस्थाका लागि नै अत्यावश्यक भएको बताएका छन ।

ट्रम्पले चिनबाट आयात हुने सामानमा ४५ प्रतिशत शुल्क लगाउने तथा मेक्सिको आयात शुल्क बढाउने बताएका छन । जापानका वाहन निर्माता मेक्सिको तथा अन्य ल्याटिन अमेरिकी देशमा वाहनको निर्माण गरि उत्तर अमेरिका तथा विश्वका अन्य भागमा निर्यात गर्दै आइरहेको छ।

अत यो चिन्ता रहेको छ कि अमेरिकाको शुल्क नितीमा आउने परिवर्तनले जापानी वाहन निर्माताको विश्व व्यापार रणनितीमा सिधा असर पर्दछ।

यदि ट्रम्पले संरक्षणबादको सहार लिएमा जापानी उद्योगलाई आफ्नो विदेश उत्पादन रणनिती तथा वैश्विक आपुर्ति जालको समीक्षा गर्नु पर्ने अवस्था सिर्जना हुन सक्दछ ।

हासेगवाका अनुसार जापानको अर्थव्यवस्थाले जनवरीमा पद ग्रहण गर्ना साथ सुरु हुने ट्रम्पको चार वर्षिय कार्यकालका कडा चुनौतीको एक श्रृङ्खलाको सामना गर्नू पर्ने अवस्था आउन सक्छ ।

तर ट्रम्पले संघीय बजेटमा आगामी दश वर्षमा ५३ खरब डलर सम्मिलित गर्ने घोषणा गरेका छन् । यदि यो संगै अमेरिकामा पूर्वाधार लगानीको बढवा मिलेमा शायद जापानलाई जापान को उच्च गुणस्तर भएको आधारभुत पुर्वाधार निर्यातको अवसर मिल्न सक्दछ ।

साथै ट्रम्प प्रशासनको नकरात्मक पक्षलाई मात्र ध्यान नदिई सकारात्मक पक्षलाई पनि ध्यान दिएमा जापानी उद्योगको विस्तार राम्रै संग गर्न सकिने कात्सुयुकी हासेगावाले बताएका छन् ।

(डोनाल्ड ट्रम्प अमेरिकाका ४५ औं राष्ट्रपतिका रुपमा निर्वाचित भएका छन । यसै क्रममा मिजुहो अनुसन्धान संस्थानका मुख्य बजार अर्थशास्त्री कात्सुयुकि हासेगावासंग जापानकाे अर्थव्यवस्थामा ट्रम्पको भावी कार्यविधिबाट पर्न सक्ने संम्भावित प्रभावमा आधारित कुराकानी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?