जापानको प्रख्यात पर्यटकीय स्थल तोफुकुजी मन्दिर आसपास फोटो खिच्न नपाईने

जापान । जापानमा जब दैनिक तापक्रम कहिले बढ्ने त कहिले घट्ने हुन थाल्छ तब जापानका बंगैचाहरुमा देखिएका हरिया पातहरुले आफ्नो रंग बदल्न थाल्दछन् ।

अधिंकाश त्यस्तो प्रहरलाई क्यामरामा कैद गर्न फोटोग्राफर तथा पर्यटकहरु जापानको प्रख्यात पर्यटकस्थल क्युटोमा भेला भएका हुन्छन् ।

क्युटो नजिक रहेको प्रख्यात तोफुकुजी मन्दिरलाई विश्वभरिका यात्रीहरुले जापानको सबैभन्दा सुन्दर पर्यटक स्थल भनेर घोषणा नै गरेका थिए ।

तर यसवर्ष देखि तोफुकुजी मन्दिर आसपासको क्षेत्रमा फोटो खिच्न नपाईने नियम बनाईएको छ । तुतेन्क्यु पुलबाट तोफुकुजी मन्दिरको आसपासको फोटो खिच्न नदिने घोषणा गरिएको हो ।

पर्यटक स्थल भ्रमण गर्नको लागि फोटो खिच्ने पर्यटकको संख्या अत्याधिक भएको हुँदा भ्रमणलाई सुरक्षित बनाउनको लागि फोटो खिच्न रोक लगाईएको हो ।

अत्याधिक मानिसहरुको भिडका कारण प्रख्यात स्थानहरुमा मानिसहरुलाई घुम्न अफ्ठ्यारो भएको स्थानीय पर्यटन व्यवासायीहरुले गुनासो समेत गरेका थिए ।

त्यस्तै पुल नजिक रहको होन्वो गार्डेनमा सेल्फी फोटो खिच्न पनि रोक लगाईएको छ । तर सेल्फी लिनको लागि भने अन्यत्र स्थान समेत छुट्टाईएको छ ।

क्योटो क्षेत्रमा घुम्न आउने पर्यटकहरुको संख्या धेरै मात्रामा वृद्दि भएको छ । सन् २०१४ मा मात्रै क्योटो क्षेत्र घुम्ने पर्यटकको संख्या ५५ लाख पुगेको थियो ।

आउँदो २०२० मा हुने ओलम्पिक खेलकुदको समयमा त्यो सङ्ख्या बढ्ने स्थानीय पर्यटन प्रबद्दन केन्द्रका अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?