मिस एण्ड मिसेज नेवा : जापानको उपाधि संगीता शाक्यलाई

जापान । वर्ल्ड नेवा:अर्गनाईजेशन जापानले पहिलो पटक जापानमा मिस एण्ड मिसेज नेवा: जापान ११३७ नागानो केन को तातेसिना रिजोर्ट होटेलमा नोवेम्वर ६ आईतवार एक कार्यक्रम आयोजना गरि सम्पन्न भएको छ  ।

पहिलो मिस एण्ड मिसेज नेवा:जापान ११३७ को उपाधि टोकियो संगीता शाक्यले जितेकी छिन् । त्यस्तै दोस्रोमा अनुस्का शाक्य ,तेस्रोमा सृजना शाक्यले उपाधि हासिल गरेकी छिन्  ।

त्यस्तै क्रमसः चौथौमा सनम रंजितकार ,पाँचौमा प्रमिला शाक्य ,छैंठौमा शर्मिला शाक्य ,सातौंमा खुशी डंगोल सुबेदी ,आठौंमा नेहा श्रेष्ठ ,नवौंमा शर्मिला महर्जन र दशौं स्थानमा मेलिना महर्जन परेकी छिन्  । प्रतियोगितामा ४३ जनाले प्रतिस्पर्धा गरेका थिए  ।

कार्यक्रममा बोल्दै वर्ल्ड नेवा:अर्गनाईजेशन जापानका सह सयोंजक इन्दिरा सुजुकी राजभण्डारीले नेवार मौलिक सँस्कृति, भाषा, भेषभुषा, कला रहनसहनको संरक्षण सम्बर्द्धन र नेवार समुदायका युवतीहरुलाई यसवारे अवगत गराउदै, क्षमता र आत्मविश्वास अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।

सो अवसरमा कार्यक्रमका संयोजक सुनिल कुमार शाक्यले भाषा र संस्कृतिनै हरेक जातीको मुल पहिचान हुने हुँदा यसको जगेर्ना गर्न घरपरिवारमा आफ्नै मातृभाषा बोल्नुपर्ने र संस्कृतिको बारेमा आफ्ना सन्ततीलाई पनि जानकारी गराउनुपर्ने कुरामा जोड दिए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि भवन भट्टले नेवार मौलिक संस्कृति ,भाषा ,भेषभुषा नेपालको गहना भएको हुनाले यसलाई संरक्षण र सम्बर्द्वन गर्नु पर्नेमा जोड दिए  ।

त्यस्तै मिस एण्ड मिसेज नेवा: जापानमा उपाधि हासिल गर्ने सुन्दरीहरुलाई महेश श्रेष्ठले प्रमाण पत्र बितरण गरेका थिए ए l त्यस्तै राजन प्रधानाङ्गज्युले बिजयी सुन्दरीहरुलाई शास लगाई दिएका थिए  ।

यसअघि प्रतिस्पर्धीहरुको कल्चरल फोटोसुट गरिएको थियो । प्रतिस्पर्धीहरुको फोटो अफिसियल फोटोग्राफर मनोहरु लाल र नरेन्द्र कुमार शाक्यले खिचेका थिए ।

मिस एण्ड मिसेज नेवाः जापान ११३७ का विजेताले ३० हजार येन नगद, फस्ट रनरअपले २० हजार येन र सेकेण्ड रनरअपले १० हजार येन नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यसरी नै तेस्रो रनर देखि दशौं रनर सम्मले बिभिन्न उपहारहरु प्राप्त गर्ने छन् ।

नागानो केनको कार्यक्रममा बिजेता ,फस्ट रनर र अरु बिजेताहरु पनि उपस्थित हुन् नसकेको हुनाले उनीलाई अर्को कार्यक्रम गरि उपहार वितरण गर्ने छन् ।उक्त दिनको कार्यक्रममा बिजेता र फस्ट रनर उपस्थित हुन् नसकेको हुनाले सेकेण्ड रनर ,फोर्थ रनर र फिफ्ट रनरलाई क्रमश ताज पहिल्याईएको थियो  ।

वर्ल्ड नेवा:अर्गनाईजेशन जापानका प्रतिनिधि जनक राज शाक्यले मिस एण्ड मिसेज नेवा:जापानले नेपालभाषा तथा संस्कृतिलाई कायम राख्नको लागी भाषा संस्कार संस्कृतीको जर्गेना गर्न यसको संरक्षण र सम्वर्धन गर्नु मिस एण्ड मिसेज नेवा:जापान ११३७ ले गहन भुमीका खेलेको बारे प्रकाश पारेका थिए ।

उक्त दिनको कार्यक्रमको संचालन रुमि शाक्य ,सम्रिता शाक्य ,रोजी शाक्य र अस्मिता कार्की श्रेष्ठले गरेकी थिईन  ।

तातेसिना नागानोको कार्यक्रममा रुमी शाक्य ,रिया जोशी र सकुल प्रजापतिले नेवार नाच र युको ओकामोतोले चर्या नृत्य र त्यसको परिचय प्रस्तुत गरेका थिए । रुकेश गोसाईले धिमेबाजा र रोहित सिल्पकारले भुस्या बाजा बजाई मनोरन्जन दिएका थिए  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?