जापानका प्रधानमन्त्री आवे र अमेरिकी राष्ट्रपति ट्रम्प विच टेलिफोन वार्ता

जापान । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भैसकेपछि जापानका प्रधानमन्त्री सिन्जु आवे र डोनाल्ड ट्रम्प विच फोनवार्ता भएको छ ।
जापान सरकारका अधिकारिहरुले बताए अनुसार फोनवार्तामा नोभेम्बर १७ मा द्विपक्षीय वार्ता गरिने सहमति भएको छ । फोनमा दुई नेता विच अमेरिका र जापान विचको सम्बन्धलाई थप सुदृढ बनाउने सहमति भएको जनाईएको छ ।
एशिया प्यासिफिक क्षेत्रको शान्तिको लागि जापान र अमेरिकाको सहकार्य आवश्यक भएको कुराकानीको क्रममा आवेले जोड दिएको अधिकारीहरुले बताएका छन् ।
जवाफमा ट्रम्पले जापान अमेरिका विच सुमधुर सम्बन्ध भएको र दुई देश विचको बलियो सहकार्यले सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने जापानक डेपुटी चिफ क्याविनेट सेक्रेटरी कोईची हागीउडाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?