पेरिस सम्झाैतामा लागु गरिने नियममा छलफल सुरू

 जापान । संयुक्त राष्ट्रकाे जलवायु परिवर्तन सम्मेलन मा पेरिस सम्झौता लागु गर्ने नियममा छलफल शुरु भएको छ । सोमबार बाटसुरु भएकाे १२ दिवसीय वैठकमा १९० देश तथा क्षेत्रबाट आएका प्रतिनिधीहरूले भाग लिएका छन् ।

कार्यकारी स्तरकाे एक सत्रमा सम्झौताको लागु गर्ने विशिष्ट नियममा छलफल जारी रहेको छ ।

सो नियमलाई छिटो भन्दा छिटो निर्धारित गर्ने माग प्राय उठिरहने  गर्दछ । तर चीन तथा र्इरान जस्ता देशले भने औद्योगिक तथा विकासशिल देश विचमा रहेकाे ग्लोवल तापमानको जिम्मेवारी भित्र ध्यान दिन पर्ने कुरामा जोड दिएका छन् ।

पेरिस सम्झौतामा हस्ताक्षर गर्ने देशले संयुक्त राष्ट्रको सम्मेलनमा आफ्नो पहिलो वैठक गर्ने छन । समयमा नै सम्झौताको अनुमोदन गर्न नसकेको कारण जापान यस वैठकमा एक पर्यवेक्षकको रुपमा मात्र हिस्सा लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?