जापान ।पोकेमोन गो स्मार्टफोन खेलका डेभेलोपरहरुले सवारी साधन चलाईरहेको बेला खेल्न नमिल्ने गरि खेलको सेटिंग परिवर्तन गरिएको बताएका छन् ।

जापानमा सवारी साधन चलाईरहेका बेला पोकेमोन गो खेल्दा धेरै सवारी दुर्घटना भएका थिए ।
सवारी चलाउँदा तोकिएको गति भन्दा बढी हांकेमा सो खेल आफै बन्द हुने गरि नयाँ परिवर्तन गरिएको निर्माताहरुले बताएका छन् ।
पछिल्लो महिना जापानको इचोनोमियामा एक ड्राईभरले पोकेमोन खेल्दै सवारी हांक्दा ९ वर्षिय केटोको दुर्घटनामा परेर मृत्यु भएको थियो ।
त्यस लगत्तै स्थानीय प्रहरीले सर्वसाधारण हिड्ने बाटोमा सवारी हांक्दा सो खेल नपाउने नियम बनाएको थियो ।