हरितगृह ग्यासको उत्सर्जनमा कमि ल्याउन नयाँ सिद्दान्त अपनार्इने कोइचीकाे संकल्प

जापान । जापानका पर्यावरण मन्त्री कोइची यामामाेताेले जापानमा हरित गृह ग्यासको उत्सर्जनमा कटौती ल्याउन नयाँ सिद्दान्तको प्रयास गर्ने संकल्प व्यक्त गरेका छन् ।

जलवायु परिवर्तन संंग जोडिएको पेरिस सम्झौताको अनुमोदनको लागि संसदद्दारा एक विद्येयकलाई पारित गरे पश्चात पत्रकार समक्ष उनले यस्तो संकल्प गरेका हुन् ।

जापान सरकारले हतिगृह ग्यासको उत्सर्जनको स्तरलाई सन २०१३ देखि २०३० सम्ममा २६ प्रतिशतको दरले कम गर्ने लक्ष्य बनाएको थियो ।

उनले सबै उपलब्ध उपायको प्रयोग बिना सो लक्ष्य प्राप्त गर्न असम्भव भएको बताएका छन् ।उनले २०३० सम्ममा उत्सर्जनलार्इ कम गर्न कस्ता उपाय अपनाउन सकिन्छ भन्ने विषयमा स्वयम् अध्ययन गर्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?