अकस्मात जमिन भासिन थालेपछि फुकुओका सहरमा समस्या(फोटोफिचर )

जापान । जापानको फुकुओका सहरमा अकस्मात जमिन भासिन थालेपछि त्यहाँको स्थानीय सरकारले जनताले सुरक्षित स्थान तर्फ जान अनुरोध गरेको छ ।

हाकता स्टेशन नजिक मंगलवार बिहान ३० मिटर लामो र २७ चौडा आकारमा जमिन भासिएको थियो । त्यस लगत्तै प्रहरीले जमिन भासिएको स्थान बाट टाढा जान त्यहाँका जनतालाई अनुरोध गरेको थियो ।

फुकुओका सहरका अधिकारीहरुले कन्स्ट्रक्सन कम्पनीले अन्डरग्राउण्ड सिस्टममा जमिनमा काम गर्दा त्यसरी जमिन भासिन गएको आरोप लगाएका छन् ।

त्यसरी जमिन भासिएर खनेको स्थानबाट पानी निक्लन थालेपछि कन्स्ट्रक्सन कम्पनीका मजदुरहरुलाई काम गर्न रोकिएको छ ।

जमिन भासिए पछी सहरका ८०० भन्दा बढी घरमा बिजुलीको समस्या देखा परेको छ । घरघरमा जडान गरिएका ग्यासका पाईपहरु पनि लिक भएका छन् कि भनेर अवरूद गरिएका छन् ।

जमिन भासिन थाले पछी सहरका विभिन्न स्थानबाट पानीको समस्या, फोन र इन्टरनेटको सुविधा तथा ब्यांकको सुविधामा पनि अवरुद्द भएको रिपोर्ट आएको स्थानीय सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?