त्रिपक्षीय शिखर सम्मलेनमा जाेडिएकाे विषयलार्इ संगठीत रुपमा आगाडी बढाईने

 जापान । जापानका विदेशमन्त्री फुमियाे किशिदाले जापान, चिन र दक्षिण कोरियाबिच हुने त्रिपक्षीय सम्मेलनसंग जोडिएको कुराकानीलार्इ योजना अनुरुप अगाडी बढाउन चाहेकाे  बताएका छन् ।

कोबेमा आयोजित कार्यक्रमको  भाषणको क्रममा उनले दक्षिण कोरियाका राष्ट्रपति पाक कुने घरेलु घोटालासंग लड्दै आएको टिप्पणी गरेका थिए ।

केहि मानिसहरुले भने दक्षिण कोरियाली अभियोजक पाकसंग यो महिनामा पुछताज गर्ने जानकारी बताएका थिए । दक्षिण कोरियाका नागरिकहरु राष्ट्रपति संग राजीनामाको माग गरिरहेका छन । यो विवाद भने छिट्टै नसुल्झने वातावरण देखिएको छ ।

किशीदाले जापान ,चिन तथा दक्षिण कोरिया को जी डी पी उत्पादनको हिस्सा कुल मिलाएर लगभग एक चौथाई रहेको बताएका थिए ।
उनले त्रिदेशीय सम्बन्धमा स्थितरता ल्याउनु तिन देशको लागि मात्र नभर्इ एशिया तथा विश्वको लागि नै आवश्यक रहेको बताएका थिए ।

उनले दक्षिण कोरियामा गहिरो संकटको खबरका बावजुद पनि यो वर्षको अन्तिममा आयोजना गर्न लागिएको शिखर सम्मेलनका अध्यक्षको रुपमा जापानले उत्तरदाहित्व निभाउने संकल्प गरेको  बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?