जापान । जापानको निगाटा शहरको एक घरमा आगलागी हुदा तिन बालबालिका सहित चार जनाको जलेर मृत्यु भएको छ ।

आईतबार राति घरमा लागेको आगोमा परि मृत्यु हुनेमा २७ बर्षिय युकिहिरो सारादा , उनका ८ र ७ वर्षिय दुई छोरा तथा ४ वर्षिय छोरी रहेकी छिन् । आगोमा परि सारादाकी २७ बर्षिय श्रीमती तथा उनकी ६८ बर्षिय सासु सामान्य घाईते भएका छन्।
सारादाको घरमा ६ जनाको परिवार बस्दै आएको थियो ।
प्रहरीका अनुसार सारादाको घरमा घरकाे दोस्रो तलाबाट आगो लाग्न सुरु भएको थियो ।