कजाकिस्तानका राष्ट्रपति नुरसुल्तान नजरवायेफ चार दिवसीय जापान भ्रमणमा

जापान । कजाकिस्तानका राष्ट्रपति नुरसुल्तान नजरबायेफ चार दिवसीय जापान भ्रमणमा  अार्इतबार जापान अाएका छन् । जापान भ्रमणको क्रममा नजरबायेफले २०४५ सम्ममा परमाणु हतियारलाई पूर्ण प्रतिबन्ध लगाउन जापानलाई आह्वान गर्ने बताएका छन् । २०४५ मा संयुक्त राष्ट्रसंघको स्थापना भएको १०० बर्ष पुग्नेछ ।

आईतबारबाट सुरु भएको आफ्नो चार दिवसीय भ्रमणमा नजरवायेफले बुधबार हिरोशिमाको भ्रमण गर्ने बताएका छन् ।साेहि क्रममा उनले परमाणु हतियारलाई पूर्ण प्रतिबन्ध लगाउन जापानलार्इ आह्वान गर्ने जानकारी दिएका छन् ।

राष्ट्रपति नजरवायेफले स्मृती उद्यान तथा शान्ती स्मृती संग्राहलयको पनि भ्रमण गर्ने बताएका छन् ।

सोभियतकालमा कजाकिस्तानको पुर्वाेत्तरस्थित परिक्षण स्थलमा ४५० भन्दा धेरै परमाणु बमकाे परिक्षण गरिएको थियो । जसको कारण कजाकस्तानका धेरै बासिन्दाहरु आज पनि विकीरण सम्बन्धी स्वास्थ्य समस्याबाट पिडित बनेका छन् ।

राष्ट्रपति नजरवायेफ जापानका सम्राट अकिहितो तथा प्रधानमन्त्री शिंजाे आबेसंट भेटवार्ता गर्ने भएका छन् । साथै उनले जापानी संसदको सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

उनले गत वर्ष कजाकिस्तानको राजधानी अस्तानामा निर्धारित उर्जा प्रदर्शनीको बारेमा पनि कुरा गर्ने बताएका छन । राष्ट्रपति नजरवायेफले तेल तथा ग्यास संसाधनबाट आफ्नो देशमा जापानी कम्पनीलाई लगानी गर्न आकर्षित गर्ने आशा व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?