टोकियाेमा अनेसास जापानको कार्यक्रम भव्य रूपमा सम्पन्न

टाेकियाे । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको साहित्यिक कार्यक्रम अन्तर्गत लक्ष्मी जयन्ती, अनेसास जापान सिटी मनी साहित्य पुरस्कार वितरणका  साथै ३८औं साहित्यिक शृङ्खला जापानको टोकीयोमा भव्यरूपमा सम्पन्न भएको छ।

अनेसास जापानका अध्यक्ष बिष्णु प्रसाद घिमीरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा  नेपाली राजदुतावास टाेकियाेका कार्यवाहक राजदुत कृष्ण चन्द्र अयार्लकाे  प्रमुख अातिथ्यता रहेकाे थियाे ।त्यस्तै अनेसासका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल माईला कार्यक्रमका विशिष्ट अतिथीका रूपमा उपस्थित भएका थिए ।

त्यस्तै साहित्यिक कार्यक्रममा विर हस्पिटल नेपालका कार्यकारी निर्देशक डा. भुपतिन्द्र बस्नेत, एन.आर.एन.ए जापानका उपाध्यक्ष देवीलाल भण्डारी तथा जनसम्पर्क समिती जापानका अध्यक्ष डि.पि. कडेल, ओ.एन.एफ. जापानका उपाध्यक्ष राजकुमार पण्डित लगायतकाे सहभागिता रहेकाे थियाे ।

साथै नयाँ शक्ती नेपालका जापान संयोजक पद्म सिंह ठगुङ्ना, समाजसेवी दिपक सुवेदी तथा अनेसास जापानका पुर्व अध्यक्षहरू वेलुकाजी थापा, दिनेश राज ज्ञवाली, आलोक चालीसेकाे अातिथ्यता रहेकाेथ थियाे । उक्त कायर्क्रममा कलाकार रामकृष्ण वम मल्ल, नारायण कडेल एवम् पत्रकारहरू आनन्द कोईराला, राजन गौतम, उत्तम गौडेल, प्रेमिला गौचन,सन्तोष बावु चोखाल र संगिता कुँवर लगायतकाे उपस्थिती रहेकाे थियाे  ।

अनेसास जापानकाे कार्यक्रम दर्जनौ स्रोता र दर्शकका तथा अपस्थित अतिथिहरू बिच सम्पन्न भएकाे थियो।

नेपाली मुराहल(सोलमारी )सिनओकुबुमा राष्ट्रीय गान गाएर सुरूवात गरिएकाे उक्त कार्यक्रममा आगन्तुक स्रष्टा तथा सर्जकहरूलाई कार्यक्रममा संयोजक सरिता ढकालको स्वागत मन्तव्यसँगै महाकवी लक्ष्मी प्रसाद देवकोटाकाे कविता मार्फत स्वागत गरिएकाे थियाे ।

कार्यक्रममा जापानमा रहदै अाएका नेपालीहरूकाे साहित्यिक प्रतिभालार्इ उजागर गर्न सकियोस भन्ने उद्देश्यका साथ प्रतिस्प्रर्धात्मक कविता प्रतियोगिताको आयोजना गरिएको थियाे ।

अनेसास जापान सिटी मनी साहित्य पुरस्कारको लागी जापान व्यापी खुला प्रतिस्प्रर्धात्मक कबिता प्रतियोगिताका तिन विजेताहरू  रविन शर्मा, दिप पाठक र विमान किरातीलाई पुरस्कार स्वरूप शिल्ड तथा जनही १५००० एन वितरण गरीएको थियाे । भने अन्य सहभागी ३७ जना स्रष्टाहरूलाई मायाको चिनो वितरण गरियको थियो।

उक्त साहित्यीक श्रृंखलामा  बिपिन घिमिरे,जयन्त सोकल, रविन्द्र दिखुक्पा, हेमन्त गिरी, बिमान किराती, मञ्जु गिरी,रबिन शर्मा, लक्ष्मी रेग्मी, अरुण पौडेल, नारायण कंडेल, सरिता ढकाल, अरुण जङ्ग पुरी, वेलुकाजी थापा, भगवती उप्रेती, जीवन अर्याल, भुवन रोका, लोकनाथ अधिकारी, संगीता कुवँर, एल्सन काप्री, कमला काप्री, ग्रीष्मा पौडेल, पुष्कर जङ्ग थापा, केशव थापा, अनु भण्डारी, ध्रुब थापा, फणीकान्त आचार्य, दिप पाठक लगायतका स्रष्टाहरूले आफ्नो गहकीला,राष्ट्रप्रेमले ओतप्रोत तथा शालीन रचना प्रस्तुत गरि कार्यक्रमकाे माहोललाई काव्यमय बनाएका थिए।

यसै अवसरमा गत साल जापानमा भएको चौथों अन्तराष्ट्रीय नेपाली साहित्यिक सम्मेलनमा विशेष सहयोग गर्ने  सहयोगी दाताहरूलाई केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल माईला र तत्कालीन अनेसास जापानका अध्यक्ष आलोक चालीसे मार्फत मायाको चिनो हस्तान्तरण गरीनुका साथै संस्थाका सम्पुर्ण आजीवन सदस्यहरूलाई ब्याज र प्रमाणपत्र वितरण गरीएको थियो।

साे कार्यक्रमको संचालन संस्थाका महासचिव दिप पाठकले गरेका थिए। अनेसास जापानले प्रत्येक तिन-तिन महिनामा आफ्नो साहित्यिक श्रृङखलाका कार्यक्रम गर्दै जापानमा रहेका स्रष्टा,सर्जकका प्रतिभा एवम भावनालार्इ उजागर गर्दै अार्इरहेकाे  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?