जापान । जापानको सिजुओका प्रान्तका २५ वर्षिय एक युवकलाई ५७ वर्षिय बाबुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार हत्याका आरोपी काजुशी इशीले बाबु योशीकाजुलार्इ धारिलाे हतियार प्रहार गरेका थिए ।
उनिहरु केहि दिन पहिला मात्र सो ठाउमा सरेका थिए ।
नयाँ घरमा प्याकिङ गरेको सामान निकालेर मिलाउदै गर्दा उनिहरुविच झगडा सुरु भएको थियो ।
झगडाकै क्रममा आवेशमा आएर काजुशीले बाबुलाई धारिलो हतियार प्रहार गरेका थिए ।
धारिलो हतियारको प्रहारबाट मृत्यु भएका योशीकाजुलाई अस्पतालले मृत घोषणा गरेको थियो ।