जापान ।उत्तर कोरियाले आगामी दिनमा परमाणु हतियार प्रक्षेपण गरे जापान सरकारले आत्मरक्षाको लागि जवाफी कारवाही गर्ने जनाएको छ ।

पछिल्लो समय उत्तर कोरियाले लगातार परमाणु हतियार प्रक्षेपण गर्न थालेपछि जापान सरकारले ३ महिना अघि जवाफी हमला गर्ने आदेश जारि गरेको थियो ।
सो आदेशमा सुरक्षा सेनालाई देशमा आउने सक्ने जुनसुकै मिसाइललाई ध्वस्त पार्न आदेश दिइएको थियो ।
जापान सरकारले यस कदमलाई उठाउनुको मुख्य कारण सुरक्षा सेनालाई उत्तर कोरियाद्धारा जारी राखेको मिसाईल प्रक्षेपण प्रति निगरानी जारी राख्न लगाउनु हो ।
जापान सरकारले यो भन्दा पहिला उत्तरकोरियाको मिसाईल प्रक्षेपणको आशंका देखे पश्चात यस्तो प्रकारको आदेश जारी गर्दथ्यो ।
उत्तर कोरियाले मोवाईल तथा अन्य इलोक्ट्रोनिक प्रविधिबाट मिसाईल परिक्षण गरेको सम्बन्धि जानकारी हेर्न नमिल्ने बनाए पश्चात जापान सरकारले यस चेतावनीलाई स्थायी रुपमा जारी गर्ने निर्णय लिएको हो ।