यसकारण जापानीहरुको आयु लामो हुन्छ

|

जापान । विश्वमै सबैभन्दा लामो आयु संभ्याव्यता भएको देश जापान हो । जापानका नागरिकहरु लामो समय सम्म बाँच्ने गर्दछन ।

यहाँका पुरुषहरुको औषत आयु ७९ वर्ष हो भने महिलाहरुको औषत आयु ८६ वर्ष हो ।आखिर कसरी बाँच्छन त जापानका मानिस यति लामो समय सम्म ? जापानका मानिसहरु लामो समयसम्म बाँच्नुका कारणहरु यस्ता छन् ।

खानामा रातो मासुको सट्टा माछाको बढी प्रयोग

जापानी आहार रातो मासको सट्टा माछाको प्रयोग जापानका नागरिकहरु रातो मासुलाई कमै प्रयोग गर्ने गर्छन । रातो मासुमा धेरै कोलेस्ट्रल हुने भएकाले उनिहहरु यसको सट्टा माछाको मास तथा तेल प्रयोग गर्ने गर्छन । जसको कारण मुटु सम्बन्धी रोग,ह्दयघात जस्ता रोगहरु लाग्ने सम्भावना रहन्छ । त्यसैले जापानमा माछाको मासु तथा तेललाई कोलेस्टोरोल कम हुने तथा स्वस्थ्य हुने भन्दै प्रमुख आहारको रुपमा लिईन्छ ।

दूध, मक्खन लगायतको कम प्रयोग

प्राय जापानका नागरिकहरु चिल्लो भएको दुध,घिउ तथा डेरीको कम प्रयोग गर्ने गर्छन । चिल्लो विनाको दुध भने स्वास्थका लागि राम्रो मानी प्रयोग गर्ने गर्दछन । प्रोटिन युक्त चामल जापानमा दैनिक खाद्य पदार्थको रुपमा चामल प्रयोग गर्ने गरिन्छ । यहाँ उत्पादन गरिने चामलमा अन्य उत्पादित चामलमा भन्दा भेरै प्रोटिनको मात्रा हुने गर्दछ ।

भटमासको उच्च प्रयोग

जापानमा भटमासबाट बनेको खाद्यान्नको प्रयोग धेरै गर्ने गरिन्छ । भटमास स्वास्थ्यको लागि निक्कै लाभदायिक मानिने गरिन्छ । जापानमा भटमासबाट बनेको तोफु, बिन स्प्राउट्स तथा अन्य खाद्यान्नको प्रयोग गर्ने गरिन्छ ।

ग्रिन टि

चिया जापानी नागरिकहरु चियाको विशेष स्वाद लिएर खान्छन्। यहाँ चियाको रुपमा हरियो पत्तीको प्रयोग गर्ने गरिन्छ जसले पाचन प्रणालीलाई स्वस्थ्य राख्न तथा शरिलाई क्यान्सर विरुद्ध लड्न सहयोग गर्ने गर्दछ ।

सामुन्द्रिक तरकारीहरुको प्रयोग

सामुद्रिक आयोडिन मिसिएको पानी  र त्यहाँ उत्पादित अन्य जीव तथा सामुन्द्रिक तरकारीहरुलाई प्रोटिनको खानी मानिने गरिन्छ । यसले वास्तवमा नै विभिन्न क्यान्सरबाट टाढा राख्ने गर्दछ ।

विभिन्न तरकारी तथा फलफुलको प्रयोग जापानी नागरिकहरु फलफुल तथा तरकारीलाई पनि उत्तिकै प्रयोग गर्ने गर्दछन । उनिहरु दैनिक खाद्य पदार्थको रुपमा तरकारी तथा फलफुललाई प्रयोग गर्ने गर्दछन ।

खाना खाँदा सानो प्लेटको प्रयोग

जापानी नागरिकहरु खानालाई सानो प्लेटमा राखेर खाने गर्दछन । ताकि सन्तुलित खाना खान सकियोस जसले मोटोपन हुन बाट जोगिउ । जसले गर्दा ह्दयघात,झड्का लाग्ने तथा अन्य प्रकारका मुटुका रोगहरु लाग्ने सम्भावना कम हुन गर्दछ ।  जापानी नागरिकहरु तेस्रो दर्जाको क्यालोरी प्रयोग गर्ने गर्दछन ।

नियमित व्यायाम

बसिरहनुको सट्टा हिड्नु यात्रा जापानमा प्राय मानिसहरु आवतजावतको रुपमा हिड्ने,बाईक तथा रेलको प्रयोग गर्ने गर्दछन । जापानमा हिड्ने तथा उभिने कार्यलाई विशेष प्राथमिकताका साथ लिने गरिन्छ । यहाँ शानदार गाडीको प्रयोग गर्नु भन्दा हिड्ने, उभिने तथा हाईकिङलाई विशेष प्राथमिकता दिईने गरिन्छ ।

सर-सफाई

 जापान विश्वकै सफा देश अन्तर्गत पर्दछ । यहाँ सरसफाईलाई विशेष प्राथमिकता दिने गरिन्छ जसले गर्दा स्वच्छ वातावरणले आयु बढाउन मदत पुर्याउने गर्दछ ।

अग्रजको हेरचाह

 जापानमा परिवारका अग्रजहरुको निक्कै स्याहार गर्ने गरिन्छ । यहाँ जेठा नागरिकको उमेर ढल्किदै गएपछि परिवारका सदस्यद्दारा वृद्धवृद्धाको स्वास्थ्य खानपान सरसफाई जस्ता कुराको निक्कै ख्याल गर्ने गरिन्छ । बाहिर झुन्डिने, पिउने प्रक्रियालाई सामाजिकीकरणका रुपमा लिइने जापानमा मादक पदार्थ पिउने तथा समुहमा मनोरञ्जन गर्ने आदिलाई सामाजिकीकरणको रुपमा लिइन्छ । जसले गर्दा लामो समय जिवन यापन गर्न सहजता हुने गर्दछ ।